
महोत्तरी प्रहरीले स्रोत नखुलेको २६ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
सोमबार मटिहानी नगरपालिका–३ स्थित प्रतापि बाबा मंन्दिर अगाडि जनकपुर–मटिहानी सडक खण्डबाट जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी धिरापुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले २६ लाख रुपैयासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरी टोलीले चेक प्वाईन्ट थापि चेक जाँच गर्दा भारतको विहार राज्य जिल्ला मधुवनी ग्रामपंचायत मधवापुर–४ बस्ने २६ वर्षीय सुमित साहले चलाउँदै आएको ज १२ प १६४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकलको सिट मुनि लुकाई छिपाई राखेको २६ लाख २० हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए ।
बरामद भएको रकम तथा मोटरसाईकल र मानिसलाई आवश्यक कारबाहीको लागि राष्ट्रिय अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।