काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले खराब सुरुवात गरेको छ ।
पाकिस्तानविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले २ ओभरको खेल चलिरहँदा ३ विकेट गुमाएको छ ।
पहिलो ओभरको अन्तिम बल ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै आउट भए ।
उनले सुरुवाती २ चौका प्रहार गरेका थिए । त्यसपछि दोस्रो ओभरको सुरुवातमा क्रिजमा आएका कप्तान रोहित पौडेल बिना रन एलबीडब्लु आउट भए ।
त्यसपछि १ दशमलव ४ ओभरको खेल चलिरहदा आशिफ शेख क्याच आउट हुन पुगे । उनको विकेट नसिम शाहले लिएका हुन् । आशिफ क्याच आउट भएका थिए ।