एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अल आउट हुँदै २ सय ६६ रन जोडेको हो ।
भारतका लागी हार्दीक पाण्डे सर्वाधीक ८७ रन जोडे भने ईशान किसानले ८२ रन जोड्दा पाकिस्तानका बलर सामु अन्य ब्याटरहरु खासै चल्न सकेनन् ।
भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रौफले समान ३/३ विकेट लिए ।
पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो । भारतको यो पहिलो खेल हो । नेपाल र भारतबीचको खेल सोमवार हुनेछ ।




