एसिया कपमा भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
श्रीलंकाको पाल्लिकेमा केहीबेरमा सुरु हुने खेलमा भारतले टस जितेर पहिले बलिङ रोजेको हो ।



सिमसिम वर्षा सुरु भएकाले ब्याटिङ तत्काल सुरु हुने नहुने अन्योल छ ।
नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ । आरिफ शेखको स्थानमा भीम सार्की परेका छन् ।
भारतीय टोलीमा पनि एक परिवर्तन गरिएको छ। जस्प्रीत बुमराहको स्थानमा मोहम्मद शामीले खेल्ने छन्।
यस्तो छ नेपालको टिम :
कप्तान रोहित कुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने रहेका छन् ।




