
धनुषा - मधेश प्रदेशको राजधानी जनकपुरधामको विभिन्न पसलहरुबाट आफू अख्तियारको कर्मचारी हुँ भन्दै पैसा असुली गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । धनुषा प्रहरीले विभिन्न पसलहरुबाट धाकधम्की दिँदै असुली गर्ने दुई जनालाई सार्वजनिक गरेको हो । उनीहरुलाई अदालतबाट म्याद लिई अनुसन्धान थालेको हो ।
जनकपुरधाम नगरभित्रका विभिन्न ७ बाट पसलहरुमा आफूहरु अख्यितारको कर्मचारी हौँ भनेर धाकधम्की दिँदै लाखौँ रुपैयाँ असुली गर्ने धनुषाका दुई जनालाई पक्राउ गरिएका छन । पक्राउ पर्नेहरुमा धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ३ बस्ने बर्ष ३७ को अनिल सिँह र सोही स्थान बस्ने बर्ष ३२ को राहुल सिँह रहेका छन् ।
उनीहरुले भारतीय नम्बर प्लेट चढेको गाडी समेत नियन्त्रणमा लिएको हो । जनकपुर नगरभित्रका विभिन्न ७ वटा पसलहरूमा हामि अख्तियारको कर्मचारी हौं, पसलका कागजातहरू देखाउनुस्, पसलको खानतलासी गर्छौ, तपाईको पसल सिल गर्छौँ भन्दै धाक धम्की दिई नगद रुपैयाँ असुल गर्ने तथा ठगी गर्ने दुवै जनालाई उजुरीको आधारमा पक्राउ गरिएको हो ।