
जनकपुरधाम- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनाको विरोधमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ४मा विरोध प्रदर्शन गरिएको छ।
घाइते यादवको निर्वाचन क्षेत्र समेत रहेको क्षेत्र नम्बर ४ को जनकपुरधाम–ढल्केवर सडकखण्डको लक्ष्मीनियाबजारमा चक्काजाम गरि विरोध जनाइएको हो ।

चक्काजामको कारण सयौं सवारी साधनहरु राेक्किएर बस्दा यात्रुहरु अलपत्र परेका थिए ।
नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादव माथी दिउँसो काठमाडौंमा भएको सँघातिक आक्रमणको विरोध गर्दै युवकहरुले चक्काजाम गरेको हो । यादवमाथि खुकुरी प्रहार भएपछि जनकपुरसहित धनुषाको विभिन्न स्थानमा आक्रोसको माहौल उत्पन्न भएको छ।
कांग्रेसका क्षेत्रीय सभापति धनुषा निर्वाचन क्षेत्र नं. ४ का भरत यादवको नेतृत्वमा काँग्रेस निकट विद्यार्थी युनियन, युवा संघ र स्थानीय जनताद्वारा राजमार्गमा चक्का जाम गरी विरोध गरेका हुन् ।
लक्ष्मिनियाँमा गरिएको चक्काजाम प्रशासनको टोली पुगेर खुलाएका थिए ।