
महेन्द्रनगर- नेपाली हिन्दुरनारीकाे महान पर्व हरितालिका तिजको अवसरमा क्षीरेश्वरनाथ नगरपालिकाको आयोजनामा शुकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाका उपमेयर रचना माथेमाको अध्यक्षता तथा मेयर सुखदेव यादवकाे प्रमुख अतिथित्यता सम्पन्न उक्त कार्यक्रममा नगरपालिका महिला जनप्रतिनिधि, कर्मचारी लगायतका महिलाहरुकाे सहभागी रहेकाे थियो ।
कार्यक्रमका मेयर यादवले महिलाहरूलाई तिजको शुभकाना दिदै महिलाहरुले भड्किलाे तीजका नाममा देखावटी संस्कारलाई परिवर्तन गरि तीजकाे माैलिक मूल्य र मान्यतालाई ठेस नपुग्ने गरी तीज पर्वलाई अझ धार्मिक, सामाजिक र सांस्कृतक पर्वकाे रूपमा मनाउनु आजकाे आवश्यकता रहेको बताए ।
सो अवसरमा उपमेयर रचना माथेमाले वर्षमा एक दिन तीजकाे अवसरमा महिलाहरु सारा दुख पीडा बिर्सेर मनाउने वातावरण नगरपालिकाले मिलाइ दिएकाे बताइन् । उनले सो अवसरमा सम्पूर्ण नेपाली चेलिहरुको सुस्वास्थ्य, दिर्घायू एवं उतरोत्तर प्रगतीको कामना गरिन् ।
कार्यक्रमको औपचारिक उद्घाटन भई तिज विशेष नाचगान समेत गरिएको थियो।
कार्यक्रममा स्थानीय महिला, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, जनप्रतिनिधि, सञ्चारकर्मीहरु लगायत अन्यको उपस्थिती रहेको थियो ।