
महोत्तरी- नेपाल उद्योग व्यापार महासंघ मधेस प्रदेशको भेला महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ।
भेलाले रामबाबु चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उद्योग उपाध्यक्षमा अरुण कुमार सिंह, वाणिज्य उपाध्यक्ष रामदेव साह(शिवजी), महासचिव रुपेश कुमार पोख्रेल, सचिव रोशकुमार यादव, कोषाध्यक्ष चेत बहादुर खड्का (गौतम) रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमशः सब्बा अन्सारी, सुजित कुमार बस्नेत, शिवजी कुमार कलवार र अभिशेक कुमार गुप्ता रहेका छन्।
समितिको बरिष्ठ उपाध्यक्ष र सह सचिव पछि चयन गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।