
महोत्तरी- सोनमा गाउँपालिका स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालय सोनमामा शनिवार करिब २४ लाखको लागतमा दुई कोठे भवनको सिलान्यास गरिएको छ।
सोनमा गाउँपालिकाको आर्थिक सहयोग तथा महोत्तरी इन्जिनयरिङ कन्ट्रक्सन प्र.लि. को ठेक्कामा निर्माण भइरहेको दुई कोठे भवनको सिलान्यास गरिएको छ। २३,७३,२६३.४७ रुपयाको लागतमा भवन निर्माण गर्न लागिएको कुरा अनुसुची १ बमोजिम तयार गरिएको होडिङ बोर्डमा उल्लेख गरिएको छ। २०८०/०४/०४ मा सम्झौता भइ २०८०/०९/३० मा भवन निर्माण सम्पन्न गरिने कुरा संस्थाका सम्पर्क व्यक्ती राजु कुमार साहले जानकारी दिएको छ।निर्मान हुन लागेको भवनको सिलान्यास वडा न. २ का वडा सदस्य सुबोध कुमार यादवले गर्नुभएका थिए।
