
काठमाडौँ — संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्मबाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

नेम्बाङलाई सोमबार राती बालुवाटारस्थित निवासमा समस्या भएपछि राती नै शिक्षण अस्पताल गरिएको थियो । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अन्य एमालेका धेरै नेताहरु अहिले शिक्षण अस्पतालमा पुगेका छन् ।