
महोत्तरी - महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले कागतीको बिरुवा बितरण कार्य शुरू गरेको छ ।यसै बीच आज मटिहानी वड़ा नं.७ का स्थानीयहरुलाई कागतीको बिरुवा बितरण कार्यको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले गर्नुभयो ।

सो अवसरमा बोल्नुहुदै प्रमुख मंडलले कागतीमा भिटामिन सी (Vitamin C) प्रशस्त मात्रामा पाउने र यसले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएको हुँदा यसले हामीलाई बिभिन्न रोग बाट बच्न सहयोग पुग्ने बताउनुभयो ।

कृषि तथा पशु विकासमा आधारित नगर स्तरीय कार्यक्रम अन्तर्गत हरेक घरपरिवारलाई पुग्ने गरी करिब १० हजार कागतीको बिरुवा पालिकाले ९ वटै वडामा वितरण गर्ने कार्यक्रम रहेको कुरा कृषि सहायक प्राविधिक टंक उपाध्यायले बताउनुभयो ।
त्यसैगरी स्थानीय भदैया मण्डल,बैजनाथ कापर लगायतकाहरुले कागतीको बिरुवा पाए पछि खुसी व्यक्त गरेका छन ।
सो कार्यक्रममा मटिहानी वडा नम्बर ७ का वडा अध्यक्ष जितनारायन माझी , वडा नम्बर ७ का वडा अध्यक्ष कलीम अंसारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।


