
महोत्तरीका उधोगी, व्यवसायीहरुले व्यापार घटिरहेको वताउदै बैंकको ब्याज तिर्न नै समस्या वनिरहेको वताएका छन ।
जनकपुर उपमहानगरपालिकामा व्यवसायीहरु धमाधम सटर बन्द गरेर व्यवसायवाट नै पलायन भएको समाचार बाहिरिएको वेला महोत्तरीको ब्यापारिक सहर बर्दिवासका ब्यापारीहरुले यस्तो गुनासो गरेका हुन ।
उधोग बाणिज्य संघ बर्दिबासले नवनिर्वाचित होटल तथा पर्यटन व्यवसायी संघलाई स्वागत तथा सुभकामना दिने उदेश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै ब्यापारीहरुले जनकपुरको जस्तै अवस्था बर्दिवासमा पनि सिर्जना भएको वताए ।
बैकंको बढदो ब्याजदरले व्यापारीहरुमा थप समस्या वनिरहेको वताउदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यो संकटमा ब्यापारीहरु गहन छ्लफलमा जुट्नुपर्ने धारणा राखे ।
त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका नवनिर्वाचित अध्यक्ष गोपाल कार्कीले बर्दिवास होटल हव वनेतापनी वाहय तथा आन्तरिक पर्यटकको आकर्षण नै नरहेको गुनासो गरे ।
`अहिले क श्रेणी देखि घ श्रेणीसम्मका होटल छन तर पर्यटकहरु आउनै छाडे ।´ अध्यक्ष कार्कीले भने । `पहिले हाम्रो प्रतिस्पर्धा बर्दिवासमा हुन्थ्यो अहिले बाहिर प्रतिस्पर्धा गर्न पर्ने अवस्था छ ।´
करौडौ लगानीमा खोलेका होटल व्यवसाय समेत धरासयी भएको अध्यक्ष कार्कीले वताउदै बर्दिवासलाइ पर्यटकिय स्थलको रुपमा विकास गर्न नसकिएको अध्यक्ष कार्कीले गुनासो गरे ।
बर्दिवासमा तथा मधेश प्रदेश पर्यटकिय सम्भावना अथाह हुदाहुदै पनि उचित काम गर्न नसकिएको उन्को भनाई छ ।
मधेशमा उच्च पहाड देखि धार्मिक पर्यटनको हिसावले समेत अग्रणी हुदाहुदै त्यस्को पहिचान गर्न नसकिएको अध्यक्ष कार्कीले आफ्नो धारणा राखे ।
स्वागत तथा सुभकामना कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय महोत्तरीका प्रमुख रामभक्त भट्टराई, बर्दिवास नगरपालिकाका प्रमुख किरणनिधी तिवारी, आन्तरिक राजस्व कार्यालयका प्रमुख रवि श्रेष्ठलाई सम्मान गरिएको थियो ।