
काठमाडौं । गत सोमबार बिहान निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको आज विहीबार अन्त्येष्टी गरिँदैछ ।
नेम्वाङको बिहीबार विहान ११ बजे हिन्दु र लिम्बु संस्कार अनुसार पशुपति आर्यघाटमा गरिने नेकपा एमालेले जनाएको छ।
उनको राजकीय सम्मानसहित अन्त्येष्टी हुनेछ । सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । एमालेले त्यसअघि शवयात्रा हुने जनाएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।
नेम्वाङको सोमबार बिहान निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।