भैरहवा- वैदेशिक रोजगारी को लागि यु.के पठाइदिने भन्दै प्रलोभन मा पारी २० लाख ठगी गर्ने एक जना लाई धुलिखेल वजार वाट प्रहरी ले शुक्रवार पक्राउ गरेको छ। पक्राउ पर्ने मा पर्सा जिल्ला निर्मलवस्ती वडा नं.२ घर भई काभ्रेपलान्चोक जिल्ला वनेपा नगरपालिका वडा नं.९ वस्ने ४४ वर्षिय मुक्तिराज बोम्जन रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले जनाएको छ।
बोम्जन ले यु.के को अस्पताल मा काम लगाईदिने, सो काम मा मासिक ३ लाख वढी तलव हुने र जान का लागि २० लाख लाग्ने भन्दै प्रकाश कठायत लगाएत ७ जना लाई विश्वास दिलाई पटक पटक गरि २० लाख रकम लिई सम्पर्क विहिन भइ ठगी गरेको प्रहरी ले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,मिनभवन का प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मी ले वैदेशिक रोजगारी विभाग वाट निज मुक्तिराम बोम्जन लाई पक्राउ गरि उपस्थित गराइदिन भनि पत्राचार भएको ले निज लाई धुलिखेल वजार वाट पक्राउ गरि थप अनुसन्धान तथा कार्वाही को लागि विभाग मा वुझाइएको जनाएको छन् ।








