
बंगलादेशले भारतमाथि रोमाञ्चक जित हासिल गरेको छ । एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछाएको भारतले ४९.५ ओभरमा अल आउट हुदै २५९ रन बनाएपछि खेल ६ रनले हारेको थियो ।
भारतका लागि शुभमन गिलले १२१ रनको शतकीय पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् ।
यसअघि बंगलादेशले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ८ विकेट गुमाउदै २६५ रन बनाएको थियो ।
योसँगै एशिया कपको सुपर फोरका खेलहरु सकिएका छन् । भारत यसअघि नै एशिया कपको फाइनलमा पुगिसकेको छ भने उपाधिका लागि श्रीलंकासँग आइतबार खेल्दै छ ।
त्यस्तै बंगलादेशले सुपर फोरमा सान्त्वना जित हासिल गरेर घर फर्किने भएको छ ।-एजेन्सी