
जनकपुरधाम - जनता आवास कार्यक्रम अन्तर्गत बन्न बाँकी रहेको घरका लागि गत वर्षदेखि नेपाल सरकारले बजेट विनियोजन नगरेपछि धनुषा, महोत्तरीका र सर्लाहीका २८३ घर अलपत्र परेका छन् ।
मधेश प्रदेशका अति गरिब तथा विपन्नका लागि नेपाल सरकारले सुरक्षित आवास सेवा दिने उद्देश्यका साथ अर्धपक्की घरको निर्माण गर्दै आएकोमा आर्थिक वर्ष २०७९/८० का लागि बजेट विनियोजन नगरिएपछि गरिब तथा विपन्नका घर अलपत्र भएका हुन् । वर्षाको समयमा निक्कै समस्या भइरहेको पीडित रामु महराले बताउनुभयो ।
यसरी अलपत्र भएका घरहरूमा धनुषाका १ सय ४६, महोत्तरीमा ४३ घर तथा सर्लाही जिल्लामा ९४ वटा घर रहेका छन् ।
संघीय सरकारले शहरी विकास मन्त्रालय मार्फत आर्थिक कारणले घर बनाउन नसकेका तराइका डोम, दुसाध, हलखोर, मुसहर तथा चमार जातिका गरिब तथा विपन्न परिवारको घर निर्माणमा जोड दिँदै यी तीन जिल्लामा २ हजार ९ सय ४३ गरिब परिवारको घर निर्माण गरिदिएको छ ।