मृतक बालक धिरज महतो । तस्बीर शैलेन्द्र क्रान्तीको फेसबुक वालबाट
धनुषाको बटेश्वरमा एक ११ वर्षीय बालकको खोलामा जमेको पानीमा डुबेर मृत्यु भएको छ।
बटेश्वर गाउँपालिका १ धुमानका विनोद महतोको ११ वर्षीय छोरा धिरज कुमार महतो खाेलामा रहेको खाल्डोको पानीमा डुबेर मृत्यु भएको हो।



शनिवार बटेश्वर गाउँपालिका बिग्ही खोलामा गरिएको उत्खननबाट बनेको खाल्डोमा जमेकाे पानीमा नुहाउन गएका बालकको डुबेर मृत्यु भएको हो ।
दिउँसो केही केटाकेटीहरु खेल्दै खोलामा नुहाउन पुगेको र धिरज चिप्लिएर खाल्डोमा रहेको गहिरो भाग तिर पुग्दा डुब्न पुगेको संगै रहेका केटाकेटीहरुले बताए । लामो समयसम्म धिरज पानी भित्रबाट बाहिर नआएपछि संगै गएका दुई बालकले स्थानीयलाई गुहारे । स्थानीयहरु आएर पानी भित्रबाट खोजेर धिरजलाई निकालेर उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए । तर त्यहाँ चिकित्सकले बालकलाई मृत घोषणा गरे ।




