
महोत्तरी- गौशला नगरपालिकाबाट बैंकबाट पैसा निकालेर घर फर्किन लागेको एक दम्पती लुटिएका छन् ।
गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती बैंकबाट पैसा झिकेर फर्किँदै गर्दा ६ लाख ३६ हजार रुपैयाँ अज्ञात व्यक्तिले लुटेको प्रहरीले जनाएको छ । ओखलढुंगामा रहेका ज्वाइँले एनआइसी एसिया बैंकको गौशाला शाखामा महतोलाई रकम पठाएका थिए।
मोटरसाइकलमा सवार भएर आएका एक अज्ञात युवकले झुक्याएर रकम लुटेर फरार भएको महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । ‘घर फर्किने क्रममा गौशाला बजारबाट थोरै पर गएपछि एकजना मान्छेले म बैंकको मान्छु हुँ एउटा सिग्नेचर छुटेछ, बैंक जानुपर्यो भनेर महतोलाई बाइकमा चढाएर बैंक नजिक पु¥याएछ,’ उनले भने, ‘तपाईंको श्रीमतीलाई लिएर पनि आउँछु भनेर त्यो मान्छे फर्कियो । पैसा श्रीमतीको झोलामा थियो । पछि झोला लिएर ऊ भागेछ।’
गिरीका अनुसार लुटेरा सवार मोटरसाइकलको नम्बर पहिचान भइसकेको छ । पैसा लुटेर फरार भएका व्यक्तिको खोजी भइरहेको गिरीले जानकारी दिए ।