
जनकपुरधाम- धनुषाको कमला नगरपालिका-२ स्थित माची झिटकैया माध्यमिक विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको छ ।
विद्यालयका प्रधानाध्यापक जगरनाथ यादव र राहत शिक्षक रोहित यादवबीच शुक्रबार बादबिवादपछि हात हालाहाल भएको भिडियो सार्वजनिक भएको छ। शिक्षक यादवले पेश्की रकम मागेपछि विवाद भएको थियो ।
शिक्षक यादवले आफ्ना बुबाको निधन भएकाले विद्यालयबाट ५० हजार रुपैयाँ पेश्की मागेका थिए । तर प्रधानाध्यापक जगरनाथ यादवले तत्काल २५ हजार रुपैयाँ मात्र उपलब्ध गराउन सक्ने बताएपछि दुबैबीच भनाभन भएको थियो । भनाभनको स्थिति पछि कुटपिटमा परिणत भएको थियो ।
भिडियो :- https://www.facebook.com/100080142293655/videos/1564890054212418