
भैरहवा- काठमाडौं महानगरपालिका वडा नं २७ को ज्याठा सडक खण्ड मा चेकजाँच गर्ने क्रम मा प्रहरी ले श्रोत नखुलेको १० लाख नगद सहित आश्विन १३ गते एक जना लाई पक्राउ गरेको छ। पक्राउ पर्ने भारत मोतिहारी जिल्ला स्थायी घर भएका ४० वर्षिय रुपेश कुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय काठमाडौं ले जनाएको छ ।
प्रहरीले ज्याठा सडक खण्डमा विहान अनुमानित २:३० वजै आकास्मिक चेकप्वाईन्ट राखि बिभिन्न सवारीसाधन समेतको चेकजाँज गर्ने क्रममा ज्याठा चोकबाट संचयकोष तर्फ शंकास्पद अवस्थामा आईरहेको बा ९१ प ९९५८ नं को रातो कालो एप्रिला कम्पनिको स्कूटरलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त स्कूटरको डिकी भित्र लुकाई छिपाई राखेको कालो रंगको छालाको जस्तो देखिने झोला भित्र श्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख फेला पारेको प्रहरी ले जनाएको छ।
पक्राउ परेका निज भारतिय नागरिक गुप्ता सित नगद लगाएत सामसुङ कम्पनिको मोवाईल १ थान ,रियल मी कम्पनि को १ थान रहेको र नगद १० लाख, स्कुटर, मोवाईल र मानिस सहित सवै लाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुलचोक, ललितपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय काठमाडौं ले जनाएको छ।