बाँके- नेपालगन्जमा सद्भाव र्याली पछि फेरि तनाव भएको छ। नेपालगन्जमा केही दिन यता बढेको धार्मिक तनावलाई मध्यनजर गरी बिहान सद्भाव र्याली निकालिएको थियो। तर, र्यालीमा शक्ति प्रदर्शनसहित टायर बालिएपछि भीड नियन्त्रणबाहिर गएको हो।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको थियो । सोही अनुसार सद्भाव र्याली निकालिए पनि शक्ति प्रदर्शन जस्तो भएपछि फेरि कर्फ्यु आदेश जारी भएको हो।




नेपालगन्जमा हिन्दू र मुस्लिम समुदायवीच कुनै किसिमको द्वेष नरहेको सन्देश दिन सद्भाव र्याली निकालिएको थियो। तर, हिन्दूसमूहले टायर बाल्दै प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको हो।
जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न भनेको थियो।
यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो।





