धनुषा- क्षीरेश्वरनाथ नगरपालिका इच्छापुरमा एक १५ वर्षिय बालिका बलात्कृत भएकी छिन् ।
क्षीरेश्वरनाथ नगरपालिका ८ घर भएकी बालिका असोज २० गते शनिवार नातामा मामा पर्ने एक छिमेकीबाट बलात्कारको शिकार भएकी हुन ।



बालिका नातामा भान्जी पर्ने सोही वडा वस्ने छिमेकी २५ वर्षीय इस्वर राज भनिने भरत महतोबाट बलात्कृत भएकी हुन । छिमेकीको नातामा भान्जी पर्ने वालिका असोज २० गते शनिवार करिब ५ वजे तिर खेतमा घाँस काट्न गएको बेला एक्लै देखर उँखुवारीमा लगि बलात्कार गरेको वालिकाले आरोप लगाएकी छिन् ।
बाख्रा चराउन गएको भरत महतोले बालिकालाई एक्लै देखेपछि घरमा बाख्रा बाँधेर आइ बालिकालाई पछाडीबाट आँखा छोपी हाथखुट्टा बाँधेर उँखुवारीमा लगी बलात्कार गरेको बालिकाले आरोप लगाईन ।
वालिकाको अनुसार आफनो आँखा खोलेपछि आफनै छिमेकीको मामा पर्ने भरत महतो रहेको र महतोले आफूलाई लुगा र चप्पल किनदिने लोभ देखाएको बताइन। पिडित वालिका रुदै घरमा आफनो दाईलाई घटना वारे जनकारी गराइकि थिइन ।
घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा पीडित परिवारले उजुरी दिएका छन्। उजुरी पछि पिडित वालिकालाई मेडिकल गराई आवश्यक प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक दिपक कार्कीले जानकारी दिए । घटना पछि आरोपित फरार रहेकोले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
आरोपितत पक्षले गाउँमै घटना मिलाउन दवाव दिइरहेको पीडितले जनाएको छ। पीडित परिवारले आफूहरुलाई पैसाको प्रलोभन देखाउँदै गाउँमै घटना मिलाउन गाउँकै अरु व्यक्तिहरुबाट भन्न लगाएको बताए ।




