
धनुषा- क्षीरेश्वरनाथ नगरपालिकाबाट एक महिला ३ वर्षीया छाेरी सहित तीन दिन देखि वेपत्ता भएको छ।
क्षीरेश्वरनाथ-७, कुचाई पासमान टोल बस्ने मदन श्रेष्ठको २९ वर्षीया पत्नी सुभद्रा श्रेष्ठ र ३ वर्षीया छोरी सुमिना श्रेष्ठ मंगलवार देखि हराएको परिवारजनले जनाएको छ।
आठ महिनाको गर्भवति सुभद्रा छोरी सहित मंगलवार दिउँसो २ बजे तिर आफ्नै घरबाट वेपत्ता भएका हुन् ।
फोटोमा देखिएका महिला र बच्चा कसैले कतै देख्नेले इलाका प्रहरी कार्यालयको ९८५४०९००७२ मा खबर गरिदिनु हुन अनुरोध छ।