औरही(महोत्तरी) – जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेड औरहीकाे शनिवार बार्हौ साधारणसभामा सम्पन्न भएको छ। औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्काको प्रमुख आतित्यथा र संस्थाका अध्यक्ष मोतिलाल यादवको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हाे।

साधारणसभामा २०६८ मा स्थापित यस सहकारीले आर्थिक वर्ष २०७९/०८० मा १७ लाख ८९ हजार ७१६ नाफा कमाएको जानकारी दिएकाे छ। हाल ३ सय ६० महिला र ४ सय ३७ पुरुषगरी ७ सय ९७ सदस्यरहेको सहकारीले संस्थाको सेयर रकम ५९ लाख ८४ हजर ५०० सय रहेको छ।




त्यसैगरी कूल बचत रकम तिन करोड ८० लाख ३४ हजर ९०५ र लगानीमा रहेको कूल ऋण रकम ४ करोड ५६ लाख ५३ हजार २८२ रहेको सहकारीका अध्यक्ष मोतिलाल यादवले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाको जगेडा तथा विभिन्न कोषमा २ करोड ६ लाख ८७ हजार ०६४ र कूल दायित्व तथा सम्पति ७ करोड ३६ लाख १५ हजार १६४ रहेको संस्थाका अध्यक्ष यादवले जानकारी दिए ।

सस्थामा राम्रो बचत र ऋण तिर्ने ग्राहक लाई कदर पत्र र दोसल्ला ओढाएर नगर प्रमुख,नगर उप प्रमुख,जिल्ला समन्वय समितिका प्रमुख र सस्थाका अध्यक्षले सो सेवा ग्राहीलाई सम्मान गरेका थिए। साथै सोहि दिन सस्थाका अध्यक्ष मोतीलाल यादवको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै भब्यताका साथ सम्पन्न गरेको छ।

निर्वाचित सबै पदाधिकारीलाई हार्दिक बधाई दिदै सो अवसरमा ग्राहक वर्ग र शेयरधनिहरुलाई विजय दशमी,दिपावली र छठ पर्वको शुभकामना समेत सटासाट गरेका थिए ।





