
नेकपा एमाले मधेश प्रदेश अधिबेशनको बैधतामाथी प्रश्न नै प्रश्न उठेका छन ।
गत असोज २५ र २६ गते भएको अधिबेशनलाई लिएर पाटीभित्रैका जिम्मेवार नेताहरुले विधि र प्रक्रियाको विषयमा प्रश्न उठाएका हुन ।
घोषणापत्र तयार गरेर गुपचुप राखेको, अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव वाहेक अन्य सदस्यहरुमा आफुखुसी गरेको जस्ता आरोपहरु अहिले सतहमा देखिएका छन ।
जिम्मेवार नेताहरुले सदस्यहरुको बैधतामाथी प्रश्न उठाएपछी मधेशमा एमालेभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ ।
`न प्रतिवेदन प्रस्तुत गरिएको छ, न आन्तरिक छलफलमा नेताहरुलाई सहभागी गराईएको छ ।´ एक जना पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने । `सवैजनालाई घर पठाई केही नेताहरु बसेर सदस्यहरु टुंग्याए रे भन्ने सुनेको छु ।´
पाटीभित्रका इमान्दार र जिम्मेवार नेताहरुलाई पाखा लगाई सिर्ष नेताहरुको नजिक र चाप्लुसी गर्नेहरुलाई कमिटीमा ल्याएको प्रदेशस्तरिय नेताहरुको आरोप छ ।
`यस्ले पाटीलाई बलियो वनाउनुको सट्टा थप कमजोर वनाउन सक्छ ।´ एक जना नेताले भने । `पाटीमा कुनै योगदान नै नभएकाहरुलाई सर्वसम्मतको नाम दिएर आफुखुसी गर्नुलाई कसरी मान्नु र ?´
तर अधिबेशनका मुख्य निर्वाचन अधिकृत टिकाध्वज खडकाले पाटीको विधि र प्रक्रियाअनुसार नै अधिबेशन सम्पन्न भएको दावी गरेका छन ।
`अब नेताहरु धेरै भएको पाटीमा त्यो खाल्को केही असन्तुष्टिहरु आउनु स्वभाविक पनि हो ।´ निर्वाचन अधिकृत खडकाले भने । ` मनोनितको नाम वाहेक पाटीवाट सर्वसम्मत भएका सवैजनाको नाम टास गरिएको छ ।´
अहिले ५ जना पदाधिकारी सहित २३५ जना सदस्यलाई सर्वसम्मत निर्वाचित गरेको एमाले मधेशले जनाएको छ । तर ५ जना पदाधिकारी वाहेक सदस्यहरुमा सर्वसम्मत नभएको नेताहरुको जिकिर छ ।
`बरु हामी निर्वाचन प्रणालीवाट गएको भए मान्थ्यौ तर नेताहरुका नजिक भएका आधारमा मुल्यांकन गर्नु त्यो गलत भयो ।´ पाटीका अर्का पुर्व मधेश प्रदेश कमिटी सदस्यले भने । `पाटीका लागी नै रगत पशिना भिजाएका साथीहरुको लागी अन्याय भएको छ ।´
पुर्व उपाध्यक्ष रेवती पन्तले विधि र प्रक्रियाअनुसार नै अधिबेशन भएको वताउदै केही त्रुटि भएको हुनसक्ने वताए । `अब बिस्तारै असन्तुष्टि सेलाएर जान्छ अनि पाटी पुन: चलायमान हुनेछ ।´ उन्ले बिस्वास ब्यक्त गरे ।
यता नवनिर्वाचित प्रदेश अध्यक्ष चण्डेश्वर मण्डलले भने एमालेभित्र देखिएको असन्तुष्टिलाई छिट्टै सावधान गर्ने वताएका छन ।
अधिबेशनमा सदस्य नाम छान्ने क्रममा पनि प्रत्येक जिल्लाका प्रतिनिधिहरुसगँ छुट्टाछुट्टै बैठक बसेर सर्वसम्मतमा नै टुंग्याएको वताउदै अध्यक्ष मण्डलले छुटेका साथीहरुलाई १० प्रतिशतमा समेटने वताए ।
`विधानअनुसार १० प्रतिशत मनोनित गर्न पाउने व्यवस्था छ ।´ उन्ले भने । `यसवाट पनि केही असन्तुष्टिहरु समाप्त हुनेछन ।´
उन्ले पाटीले अगाडि सारेको मिसन २०८४ अभियानमा विचलित नहुने र उदेश्यप्राप्ती गरेर नै छाडने जिकिर गरे ।
यता रेवती पन्त पक्षधरहरुले पाटी कै कारण अख्तियारले अधिबेशनको अघिल्लो दिन मुद्दा दायर गरेको आरोप लगाएका छन ।
पुर्व उपाध्यक्ष समेत रहेका पन्त अध्यक्षको दौडमा थिए । अख्तियारले झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेपछि अध्यक्षको दौडवाट उनी पछाडी हटेका हुन । यदपि उन्को मुद्दा दायरलाई पनि उनी पक्षधरहरुले आसंका कै रुपमा हेरेका छन ।
१० प्रतिशत मनोनित गर्ने व्यवस्थामा पाटीले सन्तुलन नबनाए थप असन्तुष्टिहरु सतहमा आउने आकलन गरिएको छ । तर थप असन्तुष्टिहरु आउन नदिने र नेता, कार्यकर्ताहरुको गुनासोमा आफू दृढ रहेको नवनिर्वाचित अध्यक्ष मण्डलले आश्वस्त बनाएका छन ।
तर एमाले मधेशभित्र देखिएको असन्तुष्टिलाई नेताहरुले सम्बोधन गर्न नसके परिस्थिति आकलन गरेभन्दा फरक वन्न सक्ने खतरा वढेको छ ।