
दिपेश मल्लिक/ धनुषा,
नेपाली कांग्रेसका पूर्व उपसभापति तथा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधिले पर्यटन विकासको लागि जनकपुरधामलाई कैलास मानसरोवर संग जोड्न सरकारसंग जोडदार मांग गर्नु भएको छ।उहाँले जनकपुरधामलाई कैलास मानसरोवर संग जोड्ने प्याकेज बनाउनु पर्ने बताउनुभयाे ।
आइतवार नवरात्री महाष्टमीको दिन राजदेवी मन्दिरमा आयोजना भएको पुष्प वृृष्टी कार्यक्रममा सहभागि हुन गृह नगर जनकपुरधाम आउनु भएको पूर्व उपप्रधान तथा गृह मन्त्री समेत रह्नु भएको नेता निधिले जनकपुरधाम विमान स्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै कैलास र मानसरोबर चिनको तिब्बतमा रहेपनि सनातनकाल देखि नेपाल कै भूमिबाट जाने बाटो हुँदा हाल कुटनितिक कारणले फरक परेको भएको बताउनु भयो।

उहाँले हिन्दु धर्मावलम्बीहरुका लागि महत्वपूणर् धामहरुमा चारधाम, पशुपतिनाथ, जानकी मन्दिर जस्तै मानसरोवर र कैलास पनि रहको हुँदा हुम्ला जिल्लाबाट कैलास मानसरोबर पुग्ने मार्ग रहेको हुँदा यी सबै धामहरु जोडिनु पर्ने धारण व्यक्त गर्नुभयो ।
सीताको भूमि जनकपुरधाम र सत्ती माताको भूमि कैलास संग जोडेर त्यसै अनुरुप विस्तार र प्रचास प्रसार गर्नु पर्ने बताउनुभयो । कैलास मानसरोवर पुग्न नेपाल कै भूमिबाट नै बन्दोबस्त गरियोस् भनि सरकार संग माग गर्नुभयो।
नेता निधिले जनकपुरवासीलाई विजयादशमीको शुभकामना दिदै मानसरोवर र कैलास धार्मिक स्थल भएकोले सवैलाई दर्शन गर्र्न समेत आग्रह गर्नुभयो ।

आफू कैलास मानसरोवरको सात दिनको धार्मिक यात्रापछि फर्किएको बताउँदै नेता निधिले भने सिता र सत्तीको सम्बद्धलाई प्रगाढ बनाउन हुमला-जुमलाको लामखा गाउंपालिका अन्तर्गत लाप्चा भन्ने ठाउंबाट मानसरोवर र कैलास जान नेपाल वाटै सम्भव रहेको समेत जानकारी गराउनु भयो ।