
काठमाडौं- नेपालले एसीसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ।
मलेसियाको क्वालालम्पुरमा मंगलबार भएको खेलमा नेपालले यूएईलाई डीएलएस पद्धतिमार्फत १९ रनले पराजित गरेको हो। नेपालले दिएको १८१ रनको लक्ष्य यूएईले पछ्याउने क्रममा खेल वर्षाको कारण अवरुद्ध भयो । यससँगै १९८ रनको लक्ष्य तय गरिएको थियो । नेपालले अविजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो ।
१९८ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २६.५ ओभरमा १७८ रनमा अलआउट भएको हो । यूएईको लागि ध्रुव पराशरले ५९ र आर्यन्श शर्माले ३२ रन बनाए। नेपालको लागि आकाश त्रिपाठीले ४ विकेट लिए। सुबास भण्डारीले ३, आकाश चन्दले २ तथा हेमन्त धामीले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा २८० रन बनाएको हो।
नेपालको लागि कप्तान देव खनालले ९२ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै १०० रन बनाए।उत्तम रंगु थापा मगरले ६७ बलमा ५७ रअर्जुन कुमालले ७८ बलमा ५५ रन बनाए।
यूएईको लागि हरित शेट्टीले ५ विकेट लिए।