
टी–२० विश्वकप क्रिकेटमा भारतले बङ्गलादेशलाई पराजित गरेको छ । रोमाञ्चक खेलमा बंगलादेशलाई ५ रनले हराउँदै भारत सेमिफाइनल नजिक पुगेको छ ।
अष्ट्रेलियाको एडिलेडमा बुधबार भएको खेलमा भारत पराजयको नजिक पुगेर फर्किएको हो । वर्षाले प्रभावित खेलमा एक समय बंगलादेशले जित्ने अवस्था देखिएको थियो । तर अन्तिम समयमा लगालग विकेट गुमाएपछि बंगलादेश पराजित भयो ।
यो हारका बाबजुद बंगलादेशको सेमिफाइनल पुग्ने सम्भावना भने कायमै छ । भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । बंगलादेशको ४ अंक छ । दुवैले १ खेल खेल्न बाँकी छ ।
१८१ रनको लक्ष्य पछ्याएको बंगालेदशले ७ ओभरमा ६६ रन बनाउँदा पानी परेपछि खेल १६ ओभरमा घटाइएको थियो । र बङ्गलादेशले १५१ रनको लक्ष्य पाएको थियो ।
तर बङ्गलादेशले अन्तिम बलसम्म खेलेर १४5 रन मात्रै बनाउन सक्यो ।
बङ्गलादेशका लागि लिटन दासले २७ बलमा ६० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । दासले २१ बलमा अर्दशतक प्रहार गरेका थिए ।
पहिले ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । विराट कोहलीले ३७ बलमा अविजित ६४ रन बनाए र। के एल राहुलले ३१ बलमा ५० रनको योगदान गरे ।