
ढल्केवर- धनुषाको ढल्केवरमा आयोजना गरिएको झिझिया प्रतियोगितामा कुसिमविछौना टिम प्रथम भएको छ।
बडा दसैंको अवसरमा आयोजित झिझिया नृत्यमा सारा ढल्केवर झुमेको थियो । सप्तमी देखि सुरु भएको यस नृत्यको अन्तिम विजया दशमीको दिन श्री माँ वैष्णव दुर्गा पुजा मेला समिति ढल्केवरले आयोजना गरेको झिझिया प्रतियोगितामा स्थानिय झिझिया टिमहरुको उत्साहजनक प्रस्तुति रहेको थियो।झिझिया टिमको सबै प्रस्तुती उत्कृष्ट रहेको थियो भने हरेक प्रस्तुतीले दर्शकहरु झुमेको देखियो।

प्रतियोगितामा मिथिला नगरपालिकाको नक्टाझिज विश्रामपुर, कुसुमबिछौना, हरिहरपुर, ढल्केबर र क्षिरेश्वरनाथ नगरपालिका को महेन्द्रनगरको दुई वटा झिझिया टिमको सहभागीता रहेको थियो। जसमध्ये कुसुमबिछौना प्रथम, हरिहरपुर द्वितीय, ढल्केवर तृतीय भएको । कार्यक्रममा सहभागी सबै टिमलाई सान्तवना पुरस्कार प्रदान गरियो ।

प्रथम हुने टिमलाई ८ हजार , द्वितीयलाई ५ हजार, तृतीय लाई ३ हजार गरी सान्तवना लाई १५००-१५०० गरी पुरुस्कार प्रदान गरिएको कुरा ढल्केवर दुर्गा पुजा मेला समिति का सचिव संतोष सिंहले बताए।

झिझिया हेर्न हजारौँ को सङख्या मा दर्शकहरुको उपस्थिति रहेको थियो। झिझिया हेर्न दर्शकहरुको उत्साहजनक उपस्थितिले कलाकारहरुको मनोबल पनि बढाएको थियो। हाम्रो बाजे पुर्खाहरुको पालमा खेल्दै आएको झिझिया लोप हुन लागेकोले झिझिया नृत्य प्रतियोगितामा गराइएको कुरा मेला अध्यक्ष विवेक ठाकुर बताए।