महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आइतवार देखि नयाँ प्रमुख प्रशासकीय अधिकृत (हाकिम) काे रुपमा राम उदगार अधिकारीले जिम्मेवारी सम्हालेका छन्। उनले आज प्रमुख प्रशासकीय अधिकृतकका जिम्मेवारी सम्हालदै कार्यालयमा हाजिरी जनाएका छन् ।

क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले उनलाई टीका माला र खादा ओढाई स्वागत गरेका छन् । नगर प्रमुख यादवले उनलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिंदै कार्यालयको सबै जिम्मेवारी असल प्रशासक भएर गर्नलाई सल्लाह सहितको निर्देशन दिएका छन् ।
प्रमुख यादवले भने, 'कार्यालयको प्रमुखको हैसियतले चुस्त दुरुस्त रुपमा तपाइ कार्यालय संचालन गर्नुहोस्, राजनीतिमा नलगाउनुहाेला, राजनीति गर्नको लागि हामी छाैं ।'

पछिल्लो केहि समयदेखि यस नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर अस्थिरता रह्दै आएको थियाे ।
जिम्मेवारी सम्हाल्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत राम उदगार अधिकारीले आफ्नो अनुभव र कार्य क्षमताले भ्याए सम्म यस पालिकालाई राम्रो बनाउने प्रयास गर्ने प्रतिबद्धता जनाए ।




