
जनकपुरधाम - बाराको कलैयामा दिनदहाडै गाेली प्रहार गरि एकजनाकाे हत्या गरिएको छ।
गाेली प्रहार गरि कलैया बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सर्राफ काे हत्या भएको बारा प्रहरीले जनाएको छ।
उनीमाथि सोमबार दिउँसो करिब १ बजेतिर अपरिचित समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरको मुख्यबजारको मदर्सा टोलमा उनलाई मोटर साइकलमा आएका दुईजना अपरिचित व्यक्तिले तीन राउण्ड गोली प्रहार गरेर भागेका थिए ।
बारा प्रहरीका अनुसार सर्राफको टाउको र छातीमा गोली लागेको थियो । उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्जस्थित वयोधा अस्पताल लगिएको थियो ।
३५ वर्षीय सर्राफ कलैया ६ का बासिन्दा हुन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।