Virat Kohli of India bats during the Asia Cup 2023 Super 4s match between Pakistan and India held at the R. Premadasa International Cricket Stadium (RPS), Colombo, Sri Lanka on the 11th September, 2023.
Photo by: Deepak Malik / CREIMAS / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE
एकदिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले पराजित गरेको छ । ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका २० ओभर पनि खेल्न सकेन र मात्र ५५ रनमा अलआउट भयो ।
यो जितसँगै भारत विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम भएको छ । उसले सबै ७ खेलमा जित हासिल गरेर १४ अंक जोडेको छ ।



मुम्बइमा मोहम्मद शामीले पाँच र मोहम्मद सिराजले ३ विकेट लिएपछि श्रीलंकाको इनिङस धरासायी भएको हो । श्रीलंकाका पाँचजना ब्याट्स्म्यान शून्य रनमा पेभेलियन फर्किए ।
त्यसअघि भारतले तीनजना खेलाडीको अर्धशतक मद्धतले पुरै ओभर खेलेर ८ विकेट क्षतिमा ३५७ रन बनाएको थियो । शुभमन गिलले ९२, विराट कोहलीले ८८ र श्रेयस ऐयरले ८२ रनको योगदान गरे ।
श्रीलंकाका दिल्सान मदुशंकाले ५ विकेट लिए पनि विशाल अन्तरको पराजय टार्न सकेनन् । तालिकामा १२ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।




