
महोत्तरी(औरही ) - औरही नगरपालिकाको वडा नम्बर ९ का वडा वडाध्यक्षले आफ्ना वडामा रहेका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको छ। औरही नगरपालिकाको वडा ९ का वडा कार्यालय अगलेसराले एक कार्यक्रमको आयोजना गरेर ७० वर्ष माथिका बृद्धबृद्धाहरुलाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा १९९ जना जेष्ठ नागरिक रहेका छन् ।
कार्यक्रममा औरही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रघुनन्दन चौधरीको अध्यक्षतामा र औरही नगरपालिकाका नगरउपप्रमुख रेणु कुमारी झाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । आज गरिएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा १९९ जना मध्ये महिला १०४ जना लाई साडी, छाता र पुरुष ९५ जना लाई लुंगी,गन्जी,गम्छा र छाता सहित सम्मान गरिएको हो । सम्मान ग्रहण गर्दै औरही नगरपालिका ९ अगलेसराकी ८८ वर्षीया सुभमाया गुरुङले जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

उक्त कार्यक्रममा स्थानीय युवा श्याम यादवले सरकारले जेष्ठ नागरिकहरुलाई उपलब्ध गराउँदै आएको सेवासुविधा बढाउनु पर्ने माग गरे। जेष्ठ नागरिकहरुको समस्या अत्याधिक रहेकाले सरकारले सम्मानस्वरुप उपलब्ध गराउँदै आएको रकम ज्यादै न्युन रहेको उनको कथन थियो । बढ्दो वैज्ञानिकीकरणले आफ्नै सन्तानबाट जेष्ठ नागरिकहरु पीडित हुने गरेको यथार्थ राख्दै बृद्धबृद्धाको सम्मानले मात्र हाम्रो धर्म परम्परा जिवित रहने बताए ।

वैदेशिक रोजगारले पनि जेष्ठ नगारिकहरु थप पीडित बनेको भन्दै उनले सरकारले नयाँ नीति बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा बिशिस्ट अथिति ज्ञानेन्द्र झा( ज्ञानु ),पुर्व वडा वडाध्यक्ष गौरी शंकर झाले लगाएत बिभिन्न पार्टी प्रतिनिधिहरुको, वडा ९ का वडा सदस्य लगायत वडामा कार्यरत कर्मचारीहरु तथा स्थानीय बुद्धिजीवी, नागरिकसमाज, बृद्धबृद्धा, महिला, युवा लगायतका उल्लेख्य सहभागिता रहेको थियो ।







