
जनकपुरधाम। धान खेतमा मृत फेला परेका युवक जनकपुरकै रहेको खुलेको छ । मृतक जनकपुरधाम उपमहानगरपालिका २४ बसहिया बस्ने फुलगेन महराका अन्दाजी २५ वर्षीय छोरा रुपेश महरा रहेका छन् ।
बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा अपरिचित युवकको शव फेला परेको थियो ।
टाउको, मुख रकताम्य अवस्थामा उनी मृत फेला परेकाले शव र घटनास्थलको प्रकृतिले उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सम्बन्धित समाचार लिंक–
जनकपुरमा एक युवक मृत फेला, हत्याको आशंका
https://shirishnews.com/2023/10/26/48619/