
धनुषा- सामुदायिक कृषि सहकारी संस्था लिमिटेड नक्टाझिज को १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिवार सम्पन्न मिथिला नगरपालिका २ नक्टाझिज स्थित संस्थाको १२औं वार्षिक साधारणसभाले संचालक समिति र लेखा सुपरिवेक्षण समिति पुर्नगठन गरेको छ ।
विधान अनुसार संचालक समितिको पदावधि समाप्त भएकाले नयाँ संचालक समिति चयन गर्नुपर्ने प्रावधान अनुसार साधारणसभाले विगतकै समितिमा केही पदाधिकारी हेरफेर गर्दै सर्वसम्मत संचालक समिति पुर्नगठन गरेको छ ।

सामुदायिक कृषि सहकारी संस्था लि.का अध्यक्ष रितलाल महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्य साधारणसभा सम्पन्न साधारणसभाको बन्द सत्रमा भएको शेयरधनीहरुको छलफलको सर्वसम्मतिबाट पुनः संचालक समितिको अध्यक्षमा रितलाल महतोलाई चयन गरेको छ ।
चयन गरिएको ९ सदस्यीय संचालक समितिको उपाध्यक्षमा किरणकुमारी महतो, सदस्यहरुमा संतलाल महतो, शशीकुमार महतो, घुरन महतो कोइरी, अरुणकुमार महतो, सरिताकुमारी महतो, श्रृजनाकुमारी सिंह, संतोषकुमार महतोलाई चयन गरेको छ।

यस्तै संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा पुन राजेन्द्र महतोलाई चयन गरिएको छ भने सदस्यहरुमा संजितराज श्रेष्ठ र अमृतदेवीलाई चयन गरिएको संस्थाका अध्यक्ष रितलाल महतोले जानकारी दिनुभयो ।
यता साधारणसभाको अवसरमा प्रस्तुत गरिएको विभिन्न प्रतिवेदन, प्रस्ताव र निर्णयलाई सधारणसबाटै अनुमोदन गरिएको संस्थाका प्रबन्धक ललित महतोले बताउनुभयो ।