
महोत्तरी- बर्दिवास नगरपालिकाले पालिकामा छनोट भएका खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ ।
पहिलो चरणमा फुटवल खेलमा वडा-वडावाट पालिकामा छनोट भएका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले मासिक भत्ता दिने भएको हो ।
बर्दिवास खेलकुद समितिको अनुसार १४ वटै वडावाट पारम्भिक चरणमा ३३ जना खेलाडी छनोट भएका छन ।
३३ जनावाट पनि उत्कृष्ट २२ जनालाई मात्र छनोट गर्ने नगर खेलकुद समितिका अध्यक्ष दिपेन्द्र सिवभक्तिले जानकारी दिए ।
खेलाडीहरुको मनोवल वढाउन पालिकाले शैक्षिक खर्च पनि बेहोर्ने भएको छ । खेलवाट नै जिविकोपार्जन गर्न सक्ने वातावरण तयार नहुदा प्रतिभावान खेलाडीहरु प्रदेश पलायन भएको वताउदै नगरले राष्ट्रियरुपमा नै खेलाडी उत्पादन गर्ने अभियान अगाडी बढाएको अध्यक्ष सिवभक्तीले वताए ।

अर्को आर्थिक बर्षवाट खेलका अन्य विधाहरुलाई पनि समेटने नगरपालिकाले जनाएको छ । `हरेक क्षेत्रलाई हामी नया ढंगले विकास गर्न चाहान्छौ ।´ नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले भने ।
आज एक पत्रकार सम्मेलन गरेर पारम्भिक चरणमा छनोट भएका खेलाडीहरुलाई खेलसामाग्री समेत वितरण गरिएको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले ३३ थान ट्याक्सुट, स्थानिय व्यापारी कुमार भण्डारी, कमल पोखरेलले पानी पिउने बोत्तल र जर्सी सहयोग गरेको नगर खेलकुद समितिले जनाएको छ ।
राष्ट्रियरुपमा अव्वल खेलाडी उत्पादन गर्ने नगरको योजनामाथी व्यापारी तथा सामाजिक अभियन्ताहरुले खुसी ब्यक्त गरे ।
नेकपा एमालेका युवा नेता कुमार भण्डारीले नगर खेलकुदको नाममा भएको बजेट यसअघि दुरुपयोग भएको वताउदै अहिले उक्त बजेट सिर्जनात्मक ढंगले प्रयोग भएको वताए ।