
महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षीरेश्वर जनता उच्च माविमा नव नियुक्त शिक्षक र शिक्षिकाको स्वागत र अवकास प्राप्तलाई विदाई गरेको छ ।
विद्यालयमा लामो समय सम्म अध्यापन गराउदैँ आएका शिक्षक राम सुदिष्ठ यादव, कमल पंडित र राम शंकर यादवले उमेर हद अनुसार अवकास प्राप्त गरेपछि शिक्षक त्रयलाई विदाई गरिएको हो।
अवकास प्राप्त शिक्षक त्रयलाई विद्यालय गुठीका अध्यक्ष डा.संतोष गिरीले विद्यालयमा आयोजित एक कार्यक्रम बीच विधिवत विदाई गरेका हुन् । दुबैजनाले विद्यालयमा विगत ३० वर्ष भन्दा वढि समय अध्ययापन गराएका हुन् ।
विदाई कार्यक्रममा उपस्थित शिक्षक, शिक्षिका, व्यवस्थापन समिति र विद्यार्थीहरु भावुक बनेका थिए।
विदाई कार्यक्रममा अवकास प्राप्त शिक्षक रामसुदिष्ठ यादवले आफ्नो ज्ञान र कर्मभूमि नै क्षीरेश्वरनाथ रहेको भन्दै भावुक बनेका थिए । उनि विदा भएर जानु पर्दा र सहकर्मीहरु संगको विछोडले भावुक बन्दा केहि बेर बोल्न नै सकेका थिएनन् ।
त्यसैगरी अवकास प्राप्त अर्का शिक्षक कमल पण्डित र राम शंकर यादवले पनि विद्यालयमा बिताएका दिनका अनुभव सुनाउदैँ विद्यालय र अध्ययनरत विद्यार्थीहरुको प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा उपस्थित गुठी व्यवस्थापन समितिका सदस्य प्रदिप साह लामो समय सम्म शिक्षक सेवामा अनुभवी शिक्षकहरुलाई विदाई गर्न इच्छा नभएपनि अवकासको स्वभाविक प्रकृया अनुसार उमेरहदका कारण विदाईगर्नु परेको भनि भावुक हुँदै आफना विचार राखेका थिए । विदाई कार्यक्रममा उपस्थित शिक्षक र शिक्षिकाहरुको पनि भावुक अभिव्यक्तिले उपस्थित सम्पूणर् व्यक्तिहरुको आँखा रसाएको थियो ।
त्यसैगरी क्षीरेश्वर जनता उच्च माविमा नव नियुक्त शिक्षक रमेश महतो, शिक्षिका पिंकी यादव, स्नेहा झा, लेखा शाखा तर्फका निभा साह र प्रशासन शाखा तर्फका रत्ना साहलाई स्वागत गरिएको थियो ।
नव नियुक्त शिक्षक कर्मचारीहरुलाई विद्यालयका प्रधानध्यापक उपेन्द्र राई यादवले स्वागत गर्दै सफल कार्यकालको कामना गरेका थिए ।
कार्यक्रममा गुठी सदस्य अहमद हुसेन, शिक्षक कमल यादव, बावुसाहेव यादव, उमाकान्त पहाडी, सुनिल पोखरेल, राज कुमार श्रीवास्तव, पंकज पजियार, उमेश यादव, संजय राई , शिक्षिका राम प्रिया घिमिरे, सिधी साह र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।