
बर्दिबास - नेपाल संवत् ११४४ का अवसरमा मधेसमा छरिएर रहेका नेवाः समाजले भिन्तुना र्याली निकालेका छन्।
महोत्तरीको बर्दिबासदेखि धनुषाको ढल्केवरसम्म मोटरसाइकल र्याली निकालिएको थियो। नेवा पोसाकमा सजिएर बर्दिबास चोकबाट सुरु भएको र्यालीलाई धनुषाको लालगढमा स्वागत गरिएको थियो।
लालगढबाट जमुनीबास पुगेर उनीहरूले देउसी खेलेका थिए। ढल्केवर चोकलाई परिक्रमा गर्दै बर्दिबासस्थित पञ्चधुरा माइस्थान मन्दिरमा कोणसभामा परिणत भएको थियो।
नेवा समाज बर्दिबासका अध्यक्ष धननारायण श्रेष्ठले मधेसमा छरिएर रहेका नेवार जातीहरूले आफ्नो भाषा, साहित्य, संस्कृति र पहिरन संरक्षण, सम्बद्र्धन गर्न जरुरी रहेको बताए। ‘सरकारले आजैदेखि सरकारी कामकाजमा विक्रम सम्वत लेखिने ठाउँमा नेपाल सम्वत पनि लख्ने गरेको निर्णयले हामीलाई उत्साहित बनायो,’ उनले भने, ‘यो हाम्रा लागि खुशीको कुरो हो। हाम्रो चार्ड र पर्वहरूले सधैंभरि नेपाली–नेपालीहरू बीच एकताको भावना सधैं कामय राखोस्।’
नेवा समाज मधेस प्रदेशका अध्यक्ष तिलक श्रेष्ठले सरकारले सरकारी कामकाजमा नेपाल संवत् लेख्ने निर्णय गरेर नेवार जातिको संस्कृतिको सम्मान गरेको बताए। नेवा समाजको भाषा हराउँदै गएकोमा भने अध्यक्ष श्रेष्ठले चिन्ता व्यक्त गरे।