
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनमा छठ पर्वको अवसरमा कलश यात्रा निकालिएको छ।
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिन क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित दुधमती सरबाट विहान कलश यात्रा निकाली महेन्द्रनगरको विभिन्न भागमा परिक्रमा गरी सम्पन्न गरिएको हो ।

सो कलशयात्रामा नेपाली कांग्रेस धनुषा जिल्ला सभापती योगेन्द्र पजियार, क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जिवछ मण्डल, ४ का अध्यक्ष जगदिस यादव, कार्यपालिका सदस्य दिपक साह, धनुषा फुटवल संघका अध्यक्ष केवल मुखिया, मधेश प्रदेश कवड्डी संघका अध्यक्ष सरोज कुमार सिंह, यूवा नेता सितेश कुमार झा लगायतका उल्लेख्य संख्या सहभागीता रहेको थियो ।

कलश यात्रा पश्चात काँग्रेस धनुषा सभापति योगेन्द्र पजियारले छठ पर्वले नगर, जिल्ला र देशमा सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

यस पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन तथा नगर, जिल्ला र देशमा विद्यमान चुनौतीमाथि विजय हासिल गर्दै अगाडि बढ्न समेत मार्ग प्रशस्त गर्ने उनको भनाइ छ ।

अहिले देश भरि नै अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै सभापति पजियारले सो कुरा बताएका हुन् ।

यस पर्व प्रकृति र मानव जीवनबीच जीवन्त व्यवहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा समेत स्थापित रहेको उल्लेख गर्दै उनले जीवनउपयोगी प्राकृतिक वस्तुको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।