काँग्रेसले टुंग्यायो धनुषाको सबै क्षेत्रबाट उम्मेदवारको नामावली
जनकपुरधाम- मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस धनुषाको निर्वाचन क्षेत्र नं. ४ बाट काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव र केन्द्रिय सदस्य चन्द्रमोहन यादव गरी दुईजनाको नाम प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ को उम्मेदवारको लागि सिफारिस गरिएको छ।



उम्मेदवार छनौटको लागि महेन्द्रनगर धनुषामा आज भएको क्षेत्रिय भेलाले पूर्वमन्त्री समेत रहेका महेन्द्र यादव र पूर्व राष्ट्रपति डा. रामवरण यादवको पुत्र डा. चन्द्र मोहन यादवको नाम सिफारिस गरिएको जानकारी काँग्रेस धनुषा सभापति योगन्द्र पजियारले जानकारी दिए ।
महेन्द्र यादव गत निर्वाचनमा पनि यस क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्थ्यो भने चन्द्रमोहन यादव प्रदेश सभामा धनुषा निर्वाचन क्षेत्र नं. ४ क बाट उम्मेदवार बनेका थिए। जसमा प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार रघुबीर महासेठले र प्रदेशमा जसपाका ज्ञानेन्द्रकुमार यादवले जित निकाल्न सफल हुनुभएको थियो भने काँग्रेसका दुबै यादव द्वय पराजित भएका थिए ।
त्यसैगरी धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको समानुपातिक तर्फ काँग्रेसका धनुषाका सभापति योगेन्द्र पजियार, तुलसा आचार्य र निर्मला कोइरालाको नाम सिफारिस गरिएको छ।
त्यस्तै प्रदेश सभाको क्षेत्र नं. ४ (क) बाट प्रत्यक्ष तर्पm कोमलकान्त झा, योगनारायण यादव, श्यामचन्द्र यादव, शिवशंकर यादव र बिक्रम यादव सिफारिस हुनु भएको छ भने समानुपातिक तर्फ कुमरकान्त झा, बुलन यादव, नवलकिशोर यादव, रामवरण पासवान, मो.इबराहिम राइन, महेन्द्र यादव, चुनी शरण यादव, महेन्द्र साह, रामवरण रजक, रामहृदय मण्डल, रामविलास धुनिया, नसिन राइन, अशोक दास, शोभा देवी पुर्वे, सुन्दरकला रबिदास, रेणु यादव, सुरेश कोइराला, श्रीराम साह र शरिता यादवको नाम सिफारिस गरिएको छ।
त्यसैगरी प्रदेश सभाको क्षेत्र नं. ४ (ख) बाट प्रत्यक्ष तर्फ राजलाल महतो र रामकुमार भण्डारी सिफारिस हुनु भएको छ भने समानुपातिक तर्फ भावना ढुंगेल, मोहनकुमार सिंह माथेमा, बासुलाल महतो, गुदर यादव, राजकुमार महतो, राजेन्द्र ठाकुर र दौलतिया देवीको नाम सिफारिस गरिएको छ।
यस संगै पार्टीको निर्देशन अनुसार कांग्रेस धनुषाका ४ वटै क्षेत्रका क्षेत्रिय समितिहरुले उम्मेदवार छनौट गरि नाम सिफारिस गरेको गर्ने कार्य सम्पन्न गरेको जिल्ला सभापति पजियारले जानकारी दिए ।
उम्मेदवार सिफारिस गरिएको अनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष र समानुपातिक दुवैमा पुर्व मन्त्री आन्नद ढुङ्गनाको एकल नाम सिफारिस गरेको छ।
त्यसैगरि, धनुषा क्षेत्र नम्बर २ बाट पूर्व मन्त्री रामकृष्ण यादवको एकल नाम प्रत्यक्षमा सिफारिस गरिएको छ भने समानुपातिकको अझै टुङ्गो लागेको छैन यस क्षेत्रबाट समानुपातिक तर्फ पार्टीका पूर्व जिल्ला सभापति महेशशंकर गिरि र शिवधारी यादवको नाम चर्चामा रहेको छ ।
त्यसैगरि, उम्मेदवार छनौटको विषयमा धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रिय समितिको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ प्रमेश्वर महासेठको एकल नाम सिफारिस गरिएको छ भने समानुपातिकमा काँग्रेसका पूर्व उपसभपति विमलेन्द्र निधिको एकल नाम सिफारिस गरिएको छ ।
त्यसैगरि धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ‘क’ वाट प्रदेश सभासदस्यको प्रत्यक्ष निर्वाचन तर्फ मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री राम सरोज यादवको एकल नाम सिफारिस गरिएको छ भने धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को ‘क’वाट समानुपातिकमा मिन्टन झालाई सिफारिस गरिएको छ।
सभापति पजियारले सबै क्षेत्रबाट आज अवेर राती सम्म प्रत्यक्ष र समानुपातिक तर्फका सिफारिस गरिएका उम्मेदवारहरुको नामावली आइसक्ने र भोली आईतवार जिल्ला समितिको बैठकले क्षेत्रबाट आएको नामको आधारमा प्रदेश समितिलाई सिफारिस गर्ने र प्रदेश समितिले अन्तिम टुंगोको लागि केन्द्रिय समितिलार्ई सिफारिस गर्ने बताए ।




