जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरका प्रत्यासी मनोज चौधरी कांग्रेसमा प्रवेश गर्ने भएका छन् शनिवार जनकपुरधाममा आयोजना हुने एक कार्यक्रममा उनी कांग्रेसमा प्रवेश गर्न लागेको जनाइएको छ ।
चौधरी जनकपुर अञ्चल ग्यास व्यवसायी संघ, जनकपुर अञ्चल बस व्यवसायी संघ लगायत दर्जनौ संघ संस्थामा आवद्ध भइ अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सक्रिय थिए । सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी लोसपा बाटै मेयरमा ५ हजार ३ सय ६० मत ल्याई तेस्रो स्थानमा आएका थिए ।



आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा चुनाव लड्ने तयारी सहित उनी कांग्रेसमा प्रवेश गर्न थालेका छन् । प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका पूर्व उप सभापति विमलेन्द्र निधि समेत उपस्थित रहने जनाइएको छ । चौधरीलाई कांग्रेसका पूर्व उप सभापति निधिले पार्टीमा प्रवेश गरेपछि मेयरको टिकट दिने आश्वास दिएपछि उनी कांग्रेसमा प्रवेश गर्न लागेको स्रोतको भनाई छ ।




