भैरहवा- मोटरसाईकल को स्वरुप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनी प्रदुषणका साथै ट्राफिक नियम उल्लंघन गर्ने एघार मोटरसाईकलहरु लाई मंसिर ७ गते रुपन्देही को बुटवल वाट प्रहरी ले नियन्त्रणमा लिएको छ।
नियन्त्रण मा लिईएको मोटरसाईकल का चालक हरु ले मोटरसाईकल को स्वरुप परिवर्तन गरि सार्वजनिक स्थान एवं सडक हरु मा अस्वभाबिक तवरवाट सवारी आवागमनमा वाधा पर्ने गरी समुह बनाई मोटरसाईकल स्टन्ट गर्ने, अस्वभाविक ध्वनी निकाली प्रदुषण गर्ने लगायतका कार्य गरी सवारी नियम उल्लंघन गर्नुको साथै त्यस्ता अस्वाभिवक एवं गैरकानुनी क्रियाकलाप गरी भिडियो बनाई विभिन्न सामाजिक सञ्जालहरुमा राख्ने गरेको प्रहरी ले जनाएको छ।

नियम उल्लंघन गर्नुको साथै अस्वाभिवक एवं गैरकानुनी क्रियाकलाप गरी भिडियो बनाई बिभिन्न सामाजिक सञ्जालहरुमा राख्ने गरेको भन्ने सूचनाको आधारमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवल वाट संयुक्त रुपमा प्रहरी टोली खटिई चेकजाँच एवं खोजतलास गरी बिभिन्न कम्पनिका ११ वटा मोटरसाईकलहरु नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवल ले जनाएको छ।


