मलंगवा- सर्लाहीमा नवौं उधोग दिवस मनाइएको छ ।शनिवार घरेलु तथा साना उधोग कार्यलयको आयोजना तथा घरेलु तथा साना उधोग कार्यलय प्रमुख जितेन्द्र किशोर गुप्ताको अध्यक्षतामा स्वदेशी उत्पादन अभियान : उधमीको सम्मान मुल नाराका साथ नवौं उधोग दिवस मनाइएको छ ।
घरेलु तथा साना उधोग कार्यलयको प्रांगणमा गरिएको कार्यक्रममा उधोग दर्ता गर्न आवश्यक पर्ने कागजातहरु,निजि फर्म दर्ता गर्न लाग्ने राजस्व, वाणिज्य फर्म दर्ता गर्न आवश्यक पर्ने कागजातहरु,उधोगको प्रकार, कार्यलय बाट प्रवाह हुने सेवाहरु लगायतका विभिन्न विषयमा चर्चा गरिएको थियो ।



कार्यक्रममा उधोग दिवस मनाउन आएका विभिन्न व्यवसायीहरुलाई सम्मान समेत गरिएको उधम विकास सहजकर्ता राजेश रायले जानकारी दिनुभयो ।
गत आवमा ९२० वटा साना उधोग दर्ता भएको र सो मा सबैभन्दा बढी कृषि तथा वन पैदावरमा बढी उधोग दर्ता भएको घरेलु तथा साना उधोग कार्यलय सर्लाहीले जनाएको छ ।
उधमी निर्माला महतोले गर्न चाहे स्वदेशमै प्रयाप्त संभावना भएको बताउनुभयो । आफुले १ लाख २० हजार बाट सुरु गरेको व्यवसाय हाल आएर २२ लाख माथिको पुगेको बताउनुभयो । महतो हाल जुत्ता चपल उत्पादन गर्नुहुन्छ ।
घरेलु तथा साना उधोग कार्यलयका प्रमुख गुप्ताले स्वदेशमा नै युवाहरूलाई व्यवसाय गर्न आग्रह गर्नुभयो । वैदेशिक रोजगारी सानो समयको लागि मात्र भएको हुदा स्वदेशमै युवाहरूलाई उधमी बन्न आग्रह गर्नुभयो । कार्यलय प्रमुख गुप्ताले युवाहरूलाई उधमी बनाउन घरेलु तथा साना उधोग कार्यलय विभिन्न तालिममा लगानी गर्न तयार रहेको बताउनुभयो ।




