महोत्तरी – “स्वास्थ्य क्षेत्रमा दिगो बिकासः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मूल नारा सहित औरही नगरपालिकामा मंगलवार २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ ।
दिवसको अवसरमा औरही नगरपालिका र औरही स्वास्थ्य शाखाको संयुक्त आयोजनामा आयोजित स्वयंसेविका स्तरिय हाजिरीजवाफ प्रतियोगितामा ६ ओटा समुहामा ६-६ जना गरेर समुह बनाएर हाजिरीजवाफ प्रतियोगिता गरेका थिए। सो प्रतियोगितामा समुह A पहिलो, समुह B दोस्रो, समुह C चौथो, समुह D तेस्रो भएका छन्।
प्रथम भएका सहभागीहरु समुह लाई इलेक्ट्रिक जग पुरुस्कार, दोस्रो भएका सहभागीहरु समुह लाई थर्मस पुरुस्कार, तेस्रो सहभागी समुह लाई जर्जर टर्च पुरुस्कार दिएका छन । २० औं महिला सामुदायिक स्वास्थ्य स्वंय सेविका दिवस औरही नगरपालिकाले विविध कार्यक्रमका साथ मनाएको छ । सोही अवसरमा नगरपालिकाका ९ वटा वडाहरुमा कार्यरत महिला स्ववंसेविकाहरुलाई घडी,मोबाईल,सिमकार्ड सहित सम्मान गरेको छ ।
त्यस्तै यस नगरपालिकामा ३ ओटा स्वास्थ चौकी र ६ ओटा आधारभूत स्वास्थ चौकी रहेको छ। आ.व.०७९/८० स्वास्थ्य क्षेत्रमा पालिका स्तरीय वार्षिक मुल्यांक गर्दा स्वास्थ चौकी औरही प्रथम,स्वास्थ चौकी सोनामाई दोस्रो,स्वास्थ चौकी श्रीपुर तेस्रो र ६ ओटा आधारभूत स्वास्थ चौकी मध्य वडा नम्बर ५ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र पहिलो स्थानमा रहेको छ।
प्रथम गर्ने स्वास्थ चौकी औरही लाई प्रमाणपत्र,घडी र टर्च,दोस्रो गर्ने स्वास्थ चौकी सोनामाई लाई प्रमाणपत्र,पानी तातो र चोसो गर्ने मेसिन, तेस्रो गर्ने लाई स्वास्थ चौकी श्रीपुर लाई पनि प्रमाणपत्र ,पानी तातो र चोसो गर्ने मेसिन र आधारभुत स्वास्थ्य सेवा केन्द्र श्रीपुर लाई पनि प्रमाणपत्र,तातो र चोसो गर्ने मेसिन सहित सम्मन गरिएको औरही स्वास्थ शाखाका प्रमुख चन्द्र भुसन ठाकुरले बताएका छन्। साथै सेव द चिल्ड्रनको आर्थिक सहयोगमा ९ ओटै स्वास्थ सस्थालाई अटोक्लेव र ग्यास सहितको चुलो सहयोग गरेका छन्।
कार्यक्रममा प्रमुख अथिति औरही नगरपालिका नगर प्रमुख प्रदिक कुमार खड्का,विशिष्ट अतिथि उपप्रमुख रेणु झाले दिप बालेर कार्यक्रम उदघाटन गर्नु भएको थियो भने अधिकारीको अध्यक्षता तथा औरही स्वास्थ्य शाखाका प्रमुख चन्द्रभुषण ठाकुरको सञ्चालनमा सम्पन्न भएको थियो ।


