भैरहवा- नेपाली नागरिकलाई क्यासिनोमा छिराउन भारतीय आधार कार्ड बनाएको आरोपमा प्रहरी ले काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट मङ्गलवार तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्ने मा दोलखा घर भई हाल काठमाडौं बुढानिल्कण्ठ बस्दै आएका ४७ वर्षीय गोविन्द खड्का, ओखलढुङ्गा घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३९ वर्षीय नवीन राई र रूपन्देही घर भई हाल काठमाडौं तारकेश्वर बस्दै आएका २५ वर्षीय विनोद न्यौपाने रहेका छन् ।
काठमाण्डौ उपत्यका भित्र भएका क्यासिनो हरु मा हुने बिभिन्न कृयाकलाप हरु माथि सुक्ष्म रुपमा निगरानी गर्दा निज तीन जना हरु ले उपत्यका भित्र भएका क्यासिनो प्रवेश गराई खेलाउने प्रयोजनको लागि नेपाली नागरिकको भारतीय कागजात बनाई दिने गरेको भन्ने बुझिन आएको र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले मंसिर १९ गते गोबिन्द खड्का लगायत ३ जनालाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको जनाईएको छ।




