जनकपुरधाम । धनुषाको सबैलामा एकजना मृत फेला परेका छन् । सबैला नगरपालिका ९ सतोखरका अन्दाजी ४५ वर्षीय रामशंकर राय आज राति करिब ८ बजे मृत फेला परेका हुन् ।
स्थानीयका अनुसार उनी सबैला नगरपालिका २ स्थित नालामा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय सबैलाको टीम घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।



उनको मृत्युको कारण खुलेको छैन । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




