भैरहवा- रुपन्देही प्रहरी ले चोरी को मोटरसाईकल सहित चोर लाई पक्राउ गरेको छ।बुटवल उपमहानगरपालिका वडा नं ६ मा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको गेट साईड मा पार्किङ गरी राखेको लु २१ प ४७७ नं को मोटरसाईकल चोरी गरि चलाई लैजादै गरेका अवस्था मा बुटवल उप-महानगरपालिका वडा नं ३ का ३० वर्षिय सन्दिप नेपालीलाई मोटरसाईकल सहित नयाँ गाउँ मा प्रहरी ले फेला पारी नियन्त्रणमा लिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको गेट साईड मा पार्किङ गरी राखेको आफ्नो लु २१ प ४७७ नं को मोटरसाईकल वुधवार चोरी भएको भनि राजकुमार थारुले निवेदन दिए सँगै तत्काल ईलाका प्रहरी कार्यालय बुटवल र मातहत समेतबाट प्रहरी टोलि परिचालन गरि चोरी भएको मोटरसाईकल खोजतलास गर्दै जाने क्रममा प्रहरी चौकी नयाँगाउँ रुपन्देहीबाट खटिएको प्रहरी टोलिले सोही दिन साझँ नयाँगाउँ वाट निज नेपाली लाई मोटरसाईकल सहित फेला पारी निजलाई नियन्त्रणमा लिई चोरी कसुर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवल ले जनाएको छ।




