ढल्केवर- धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरस्थित ऋध्दि सिध्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको
१६औ वार्षिक साधारण सभा सम्पन्न भएको हो।
ऋध्दि सिध्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढल्केवर धनुषाका अध्यक्ष राजलाल महतोको अध्यक्षता तथा प्रमुख अतिथि मधेस प्रदेश सभाका प्रदेश सासंद हरिनारायण महतोको प्रमुख आतिथ्यतामा सहकारीको प्राङ्गणमा भव्यताका साथ शुक्रबार साधारणसभा सम्पन्न भएको छ।




कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सभा का प्रदेश सांसद एवम् मधेस प्रदेश नेकपा एमाले का प्रमुख सचेतक समेत रहेका हरिनारायण महतोले जनताहरूको लागि सहुलियत र सजिलो सहकारी नै रहेको बताउँछन्। किसानको नाम मा रहेको कृषि बैंक व्यापारी हरुकोनाम मा भइसकेको र गलत निति र गलत नेतृत्वको कारणले थुप्रै सहकारीहरु बन्द भएको अवस्थामा धनुषाको मिथिला नगरपालिका क्षेत्रभित्रका सहकारीहरुले अपेक्षा अनुसारको काम गरेर जनतालाई दुःख र सुखको साथी बन्न सफल भएको भन्दै सबै ऋणी र सेयरधनीहरुलाई शुभकामना दिएका थिए। सरकारले गरिबि निवारणको नाममा कार्यक्रम चलाएको र राज्यकोषको ढुकुटी सखाप पारेर गरिबि निवारणको नाममा जनतलाई झन गरिब बनाएको अवस्थामा थौरै भएपनि दैनिक वा मासिक रूपमा अनावश्यक खर्चलाई कटौती गर्दै थौरै रकम जम्मा गर्दै भविष्यमा त्यो सानो रकमले ठुलो कायापलट गर्न सकिने हुनाले सहकारी मा बचत गर्न सासंद महतोले आग्रह थिए।

साधारण सभामा संस्थाका सञ्चालक समितिका अध्यक्ष राजलाल महतोले आयव्यय तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले सदस्य किसानहरुको समस्या हल गर्ने तथा सिप र पूजीको व्यवस्था मिलाई ब्यबसायिक बनाई आत्मनिर्भर बनाउने कुरालाई प्रतिवेदनमा जोड दिएको छ ।
अध्यक्ष महतोले छरिएर रहेको पुँजीलाई संकलन गरी उत्पादनशील र व्यवसायिक क्षेत्रमा लगानी गर्दै आएको बताए ।
संस्थाले आ.व.मा आगामि कार्यक्रमहरु अन्तर्गत सहकारी का सञ्चालक समिति र कर्मचारीहरुको लागि तालिमको व्यवस्था गर्ने कुरा उल्लेख छ। आयव्यय विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ मङसिर २१ गते सम्म मा ७७ लाख (कर अघिको) नाफा र पुँजी २५ लाख ३० हजार रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा आम्दानी तर्फ कुल आम्दानी १ करोड ७३ लाख ,९५ लाख ६५ हजार वार्षिक खर्च ,१० करोड ८५ लाख ऋण लगानी , बचत ७ करोड १६ लाख, सेयर पुँजी २ करोड ५३ लाख ,जगेडा कोष २ करोड ८० लाख रहेको कुरा आयव्यय प्रतिवेदनमा उल्लेख छ ।
साथै ऋध्दि सिध्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढल्केवरले आगामि कार्यक्रमहरुमा सहकारी का सञ्चालक समिति र कर्मचारीहरुको लागि तालिमको व्यवस्था गरी सेयर धनीहरुलाई सरल,सुलभ तरिकाले सेवा प्रदान गर्ने निति सहित आगाडि बढेको र ढल्केबर पुर्व चौकमा ४ करोड भन्दा बढी मुल्य बराबरको सम्पत्ति सहकारीको आफ्नै नाममा जग्गा रहेकोले निर्धक्क भएर बचत गर्न अध्यक्ष महतोले समेत आग्रह गरेका थिए।

संस्थामा महिला सदस्य संख्या ११ सय ८३ र पुरुष सदस्य संख्या १२ सय ५० गरी जम्मा २४ सय ३२ सदस्य संख्या रहेको कुरा ऋध्दि सिध्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ढल्केवर धनुषाका प्रबन्धक सुजित लाल कर्णले बताए ।
त्यस अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट दैनिक, उत्कृष्ट मासिक, उत्कृष्ट बचत र उत्कृष्ट ऋणी गरी २० जनालाई सम्मान गरिएको छ ।
कार्यक्रमक्रममा मिथिला नगरपालिका की उपमेयर सुनिता सिंह बुढाथोकी, मिथिला नगरपालिका वार्ड नं -१ का वाडा अध्यक्ष जोगी महतो, वार्ड नं – ५ का वाडा अध्यक्ष रामचन्द्र महतो, वार्ड नं -६ का वार्ड अध्यक्ष नन्दकिशोर यादव, वार्ड नं- ७ का वाडा अध्यक्ष रामबहादुर स्याङदान,मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड का सिइओ, मिथिला उधोग बाणिज्य संघ का अध्यक्ष संयोष साह, मिथिला नगर बाल संजाल ढल्केवर का अध्यक्ष दिपेश कुमार सिंह सहित सेयर धनी एवम् गाँउवासीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घोषण तथा सञ्चालन रेसम बास्तोलाले गरेका थिए।




