सर्लाही- ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा ३२ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा सम्मान कार्यक्रमका अवसरमा सर्लाही जिल्लाको अधिकार क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तिहरु सम्मानित भएको छ ।
मलंगवा नगरपालिकाको आयोजना तथा मानव अधिकार रक्षक संजाल, सर्लाहीको आयोजनामा महेन्द्र होटेल तथा पार्टी पैलेसको सभाहलमा आयोजित कार्यक्रममा १६ दिने लैङ्गकि हिंसा विरुद्धको अभियान सफल पार्न दिनरात खटिनुहुने मानव अधिकारकर्मी, समाजिक अभियन्ता, संचारकर्मी, नागरिक समाज तथा सहयोगी संघ संस्थाहरुलाई सम्मान गरिएको संजालका अध्यक्ष मुकेश मिश्रले जानकारी दिए ।



कार्यक्रमलाई प्रमुख अतिथी, विशिष्ट अतिथी र सभाअध्यक्षले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाट्न गरेका थिए ।
सबैको लागि स्वतन्त्रता, समानता र न्याय भन्ने मुल नाराका साथ लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको संघ संस्थाका तर्फबाट कार्यदलका संयोजक तथा मानव अधिकार रक्षक संजाल, सर्लाहीका अध्यक्ष मुकेश मिश्र ले मानव अधिकार के हो, यो दिवस किन मनाईन्छ को साथै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद कौशल किशोर यादव मानव अधिकारको रक्षा गर्नु सबैको संबंधित व्यक्तिहरुको प्रमुख कर्तव्य रहेको बताए । सबै नागरिकको मानव अधिकारको सुनिस्चित नभएसम्म सुखी र समृद्ध समाजको परिकल्पना गर्न नसक्ने उहाँको भनाई छ । मंलगवा नगरपालिकाका मेयर नागेन्द्र कुमार यादवले मानव अधिकार, लैङ्गिक हिंसा लगायत कार्यक्रममा आफनो निरन्तर सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे ।
लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानमा सहकार्य र सहयोग गरे बावापत मानव अधिकार रक्षक संजाल, सर्लाहीको तर्फबाट मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र कुमार यादव र अभियानमा सहयोग गर्ने वार्ड न.१, २ र ३ लाई प्रशंसा पत्र प्रदान गरिएको संजालका सचिव सन्तोष कर्णले जानकारी दिए ।
सम्मान तथा समापन कार्यक्रममा सर्लाही क्षेत्र न.२ ख का प्रदेश सांसद कौशल किशोर सिंह को प्रमुख आतिथ्यता तथा मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवको अध्यक्षता रहेको थियो।
नगरपालिकाका समाजिक विकास शाखाका संयोजक नगिना देवी रायले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमलाई सन्जालका सचिव सन्तोष कर्णले सन्चालन गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल धमला, प्रहरी उपरीक्षक प्रबिण धिताल, अनुसन्धानका उपरीक्षक संतोष ढुंगेल, जिल्लामा क्रियाशिल मानव अधिकारकर्मी, नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी, अधिकार क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत संचारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।




