
महाेत्तरी - नेपाली काँग्रेसकाे केन्द्रिय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी डा. आरजु राणा देउवाले महाेत्तरीको प्रसिद्ध ऐतिहासिक एवं पौराणिक मठ (मन्दिर) को अवलोकन गरेकाे छ ।
डा. राणाले आज (सोमवार) मटिहानीको प्रसिद्ध ऐतिहासिक एवं पौराणिक लक्ष्मीनारायण मठ (मन्दिर) को भ्रमण तथा अवलोकन गरेका हुन् ।

त्यसै गरी उनि लक्ष्मीसागर (पोखरी) मा श्री लक्ष्मीनारायण भगवानको धार्मिक विधि रुपमा आरती गरीन् । लक्ष्मीनारायण मठ (मन्दिर)मा एक कार्यक्रम गरी मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलजले दोसल्ला र मायाको चीनो प्रदान गरी स्वागत एवं सम्मान गरेका थिए ।
उनलाई मेयर मण्डलले छठ पर्वको प्रसाद र मटिहानी मैं उत्पादित मखान प्रदान गरे । त्यसैगरी शहीद केशव कोईराला समाधि स्थलमा पुगी श्रद्धान्जली अर्पण समेत गरीन् ।
उनि संगै पूर्व मन्त्री एवं नेपाली काँग्रेसकी नेतृ श्रीमती चन्दा चौधरी, जिल्ला अध्यक्ष नागेश्वर यादव, केन्द्रिय सदस्य महेन्द्र राय लगायत पार्टीका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको थियो ।